
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको छ ।
महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।
त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि स्वदेशी फूलमाला बेच्न पाइनेछ ।
कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स ९गुड मार्ट०, स्वयम्भूको धर्म चक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि स्वदेशी फूलमाला बिक्रीस्थल तोकिएको छ ।