२०८३ कार्तिक २० , बिहिवार

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटगरबीच भिडन्त हुँदै

npl_gszLySFVsV_yKAFhIuo2F_knie9mm5tvoh3pyobegpvcjq7cs63xyogsfzhy9pdtf0ofuruxpnpwod5tjo_Bx7MzieePV_mlngrtndxkjldiwbi1xlpgs5dgugwl7k20yknnralspk3tha2ap0kki1vks5

सुनाखरी न्युज/ काठमाडौं ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्।

लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ।

साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ। काठमाडौं र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन्।