२०८३ कार्तिक १८ , मंगलबार

२१ औं शताब्दीको  राष्ट्र र राष्ट्रियता कृत्रिम बौद्धिकताले (एआ) निर्धारण गर्ने समय

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल-

परम्परागत अवधारणामा राष्ट्रवादी र राष्ट्रियता भन्नाले  साझा पहिचान, समुदाय समुदाय बिचको  अभिन्न एकता, सामाजिक समता,  संस्कृति र पहिचान का साथै  एउटै भुगोल र एउटै निश्चित  सिमा भित्र बसोबास गर्ने नागरिकहरुले आफ्नो देश प्रतिको समर्पण र बफादारितालाई पहिचानको रुपमा लिई निश्चित भुगोलको सिमा भित्र बसोबास गर्ने नागरिकनै सच्चा राष्ट्रवादी र राष्ट्रियताको पहिचान दिने ब्यक्ति हुने गर्दछ ।
एउटै भुगोल  भित्र साझा ईतिहास, साझा संस्कृति, साझा भाषा र समाजमा चलेको  चाडपर्वलाई आफ्नो साझा संस्कृतिको पहिचान बनाउनेहरुनै  राष्ट्रवादी ( Nationalism) हुन्छन् भन्ने विश्व मान्यता रहेको छ  ।
नेपालमा पनि   समय समयमा राष्ट्रवाद र राष्ट्रियताको आफ्नै तरिका र  आफ्नु अनुकूलता अनुसार  ब्याख्या  गर्ने गरेको पाइन्छ । नेपालका  कथाकथित  उच्चस्तरीय  बुद्धिजीवी र  राजनीति कार्मीहरुले  आ आफ्नै तौरतरिका बाट राष्ट्रवादी र राष्ट्रियताको ब्याख्या गर्ने गरेका छन् ।
नेपालमा जेन जी आन्दोलन पश्चात् राष्ट्रियता र राष्ट्रवादको चर्चा उत्कर्षमा पुगेको छ । नेपालमा बिक्रम संवत् २००७ सालमा परिवरीक राणाले शासनको अन्त     पश्चात् राष्ट्रवादी र राष्ट्रियताको चिन्तन मनन बढी भएको पाईन्छ । कुनै पनि मुलुकको राष्ट्रियता (Nationalism) तानाशाही ब्यवस्थामा वा एकन्त्रिय शासनमा वा सैनिक शासन ब्यवस्थामा मुलुकमा राष्ट्रवादक‍ो स्थाईरुपमा गाड्न सक्दैन । यस्ता उदाहरणहरु अनगिन्ती छन् ।  नेपालपनि  मात्र एक्लो छैन बिक्रम संवत् २००७ साल देखि चाहे शाही राजाहरूका शासनकालमा होस् चाहे २०४७ को राजिनीतिक परिवर्तन पश्चात् होस राष्ट्रियता र राष्ट्रवादीहरुको खोज अनवरत रुपमा राजितिक बृतमा खोजी  भई रहेको पाइन्छ ।   सन् १९९० को दशकमा  विश्व भुमंडलिकरणको लहर संङ्गै मुलुकहरुमा राष्ट्रियतामा स्खलन आएकै हो । तर २१ ओौ शताब्दीको दुई दशक बित्ता न बित्तै विश्व आ आफ्नो पहिचानका ( identify )लागि संघर्ष भई रहेको छ । यसको ताजा उदाहरण युरोपेली देशहरूमा भई रहेको हिंसात्मक आन्दोलनले पनि केही झलक दिई रहेको छ ।
सन् १८२३ मा अमेरिककाका तत्कालीन  राष्ट्रपति जेम्स मोरिनो ( James Morinoe)ले अंगिकार गरेको मोरिनो डोक्टरीनको नामले  प्रसिद्धि पाएको शिद्धान्तले आफ्नो सिमा क्षेत्रमा कुनैपनि युरोपेलीहरुलाई हस्तक्षेप न गर्न चेतावनीसमेत दिने गरेको ईतिहास रहेको छ  । यसमा पनि राष्ट्रपति जेम्सले पनि अमेरिकी राष्ट्रियतालाई अक्ष्णु राखन युरोपेलीहरुलाई अमेरिकी भुभागबाट अल्गै रहन पटकपटक चेतावनी दिने गरका थिए । अर्थात् छिमेकी साम्राज्य र देशहरुलाई अमेरिकी राष्ट्रपतिले आफ्नो प्रभाव बढाउन अरुलाई दुश्मननै देखेका थिए । यहीँ डक्टरीनलाई विश्वका स सना देशहरूले त आ आफ्ना क्षिमेकीहरुलाई सदा संकाकै दृष्टिकोणबाट हेर्ने गरेको पाईन्छ । नेपाल पनि यही डक्टरीनबाट ग्रसित मुलुक हो भनेमा अतिष्योक्ति न होला भन्ने यो पंक्तिकारलाई पनि लागेको छ । बिक्रम संवत् २००७ सालको राजनितीक परिवर्तन पश्चात् शाही राजाहरुले यही मोरोनो डक्टरिनबाट मुलुकमा त्रास र संन्त्रासबाट आफू र आफ्नो शासन शैलीले नै सहि  राष्ट्रवाद ( Nationalism) र राष्ट्रियताको जगेर्ना गर्न सक्छ भन्ने आम मानिसका बिच संदेश पुर्‍याउने प्रयास गर्ने गरेको पाईन्छ । शाही राजाको शासन शैली र अवधारणालाई बिरोध गर्ने जति अराष्ट्रियतत्वको जामा लगाउने कुरा लोकतान्त्रिक शक्तिले बिर्सेका छैनन् । काता काता  मोरिनो डाक्ट्रिनको अवधारणा पुनः सलवलाउन थालेको देखिन्छ । वर्तमानका सत्तासीन राज्यका जिम्मेवार तहबाट छिमेकी देशको सिमा एक अर्काले मिचेको छ भन्ने अभिव्यक्तिबाट पनि राष्ट्रवादी हुने होड नेपालमा पुनः दोहरीन थालेको हो कि भन्ने बौद्धिक जगतमा चर्चा हुन थालेको छ । एउटा कुराबाट आम नेपाली सतर्क हुनुपर्छ राष्ट्रवादी जामा र राष्ट्र द्रोही जामा लगाएर एक नेपालीलाई अर्को नेपाली संग फुटाउने र टाढा बनाउने चालबाट सतर्क हुन जरुरी छ ।
राष्ट्रवाद र राष्ट्रियताको मांग खास गरि उपनिवेश देशहरुमा सन् १९१७ को पहिलो विश्व युद्ध पछि बढि हुन देखिएको छ ।  यस अर्थमा वर्तमानका दक्षिण एशियाली देशहरू बेलायती उपनिवेशको अधिनस्थ लामो समय सम्म रहेका थिए । सौभाग्य वस नेपाल कुनै  पनि मुलुकको उपनिवेश हुनु परेको थिएन । यसै कारणले नेपालमा राष्ट्रियता र राष्ट्रवादको बढी चासो र चर्चा संवत् २००७ सालको परिवर्तन पश्चात् हुन थालेको हो । राणा शासनको अन्त पश्चात् नेपालका शाही राजाहरुले जनतामा निहित हुनुपर्ने ‘सार्वभौमसत्ता’ राजाले २००७ देखि २०४६ साल सम्म  आफैमानिहित राखेका थिए । यसैको कारणले होला नेपालमा जन्तंत्र अर्थात् बहुदलीय प्रजातान्त्र आए पछि राष्ट्रियता र राष्ट्रवादको चर्चा उत्सर्ग पुग्ने गरेकोछ ।
वर्तमानमा २१ ओौ शताब्दीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका पहिलो ( America First) को नारा दिए देखि आफ्ना परंरागत पुराना मित्र राष्ट्रहरु अमेरिकी प्रशासन संग टाढिदै गएको पाईन्छ । यसको मुल कारण विश्व भुमंडलीकरण रहेको बेला पहिचानका (identity)अमेरिकका पहिलो ( America First) को नारा दिई राष्ट्रपति चुनावमा होमिएका थिए । छिमेकी देश भारतका वर्तमान  प्रधानमन्त्री मोदीले पनि सांस्कृतिक राष्ट्रवादको ( हिन्दुत्य) नाराबाट आन्तरिक र वाह्य शक्तिहरुलाई सशंकित छन् । यस अर्थमा नेपालमा पनि   म‍ोनरो डक्टरिनको छायामा पर्न सक्ने संकेत नेपालका एकथरीका राजिनीज्ञहरुले जानअन्जानमा बरवराइ रहेको पाइन्छ । यसमा सत्तारूढ दल, प्रतिपक्ष र परंरागत शक्तिहरुले जनतालाई त्रसित पनि गराई रहेका हुन कि भन्ने आम जनतामा आशंका छ ।
बिगातका परंमपरागत राष्ट्रियता र राष्ट्रवादीलाई २१ ओौ शताब्दीको डिजिटल प्रविधिले नयाँ अवधारणा प्रस्ताव गरेकोछ भन्ने बौद्धिक जगतको बुझाई रहेको छ । नेपालमा राष्ट्रियता र राष्ट्रवादीको खोक्रो आश्वासनहरुले मुलुकमा भ्रष्टाचार , कुशासन, अतिवादी सोच,  सत्ताशिन राजनितीज्ञ नेता, उच्चस्तरीय प्रशासकहरुको दुराशापुर्ण चाहना र ईच्छाहरु पूरा गर्न गराउन सबै तह र तब्कामा पहुँच भएका बिचोलियाको प्रयोग र जालमा फसेको पाईएको छ । बर्तमानमा नेपालमा नेपाली सिमा बाहिर र नेपाली सिमा भित्र बिचौलिया मार्फत आर्थिक चलखेलले ब्रहम्ड छोएकोछ । साथै उच्चस्तरीय शासक प्रशासकका  नातावाद र कृपावादहरुको  ( Nepo babies)चलखेलले पनि ब्रह्माण्डलाईनै छेडेर गएको थियोे । यसैको परिणाम २०८२ भाद्र २३ र २४ को जेन जी ( युवाशक्ति) को विद्रोह हाम्रो सामु साक्षी छ । यो विद्रोहले विश्वमा   राष्ट्रियता र राष्ट्रवादीको ब्याख्या अबको डिजिटल युगको एलगोरिदम, कृत्रिम बौद्धिकता ( AI) र सामाजिक संजालले परंपरागत राष्ट्रियता र राष्ट्रवादी सोच र ब्याख्यालाई १८० डिग्रीको   फड्को मारेकोछ । एलगोरिदम र कृत्रिम बौद्धिकता (AI) ले  समाजमा रहेको शासक प्रशासक प्रतिको नकारात्मक सोच र धारणलाई एउटै कोठा ( Echo- Chamber) मा ल्याएर राख्दछ । यो एउटै ईको च्याम्वरमा आउने मुख्य कारण हो  समय कुसमयमा सामाजिक संजाल ( Facebook, Instagram, Tiktok etc) चिनेका न चिनेका बाट प्रक्षेपण गरेको समाचार संदेशहरुलाई follow गर्नु र like गरेबाट तपाईंलाई पनि एउटै ईको च्याम्वरमा लगेर एलगोरिदमले लगेर राखि दिन्छ । तपाईं पनि अब तत् बिचार र धारणाको  followers को संख्यामा जोडिन पुग्नु हुन्छ ।  अलगोरिदमले अर्थात् एआईले एउटा बिचार र  एउटै अवधारणामा रहेका ( like, follow etc)ले तपाईंलाई पनि   देश बाहिर र देश भित्रका खेलाडीहरुले देशका उच्चस्तरीय  सत्ताशिन  ब्यक्तिहरु प्रति नकारात्मक सोच र बिचारमा जोड्ने काम गर्दछ ।   यस्तो समुहमा जुनसुकै उमेर, वर्ग र समुदाय ब्यक्तिहरुलाई एकै प्रकारको Echo- Chamber मा राखेर आफ्नो खिचडी पाकाउन गर्दछन ।  २०८२ साल फाल्गुन २१ को चुनावमा एउटैमात्र शब्द नेपालको पुर्वी सिमा मा होस या पश्चिमी सिमामा होस ” चुपचाप घंटीमा छाप” भन्ने एल्गोरपदम र एआई प्रविधिले सर्वत्रका नेपालीहरुलाई  जोडन सक्ने उदाहरण हाम्रा सामुनैछ । यस अर्थमा नेपालमा  हरेक पाँच पाँच बर्षमा राष्ट्रियता, राष्ट्रवाद,सुशासन, लोकतान्त्रको ब्याख्या ब्यक्ति, समूह, विद्वान वा राजनीतिक कार्मिले गर्ने छैनन्  यसलाई एल्गोरिदम, कृत्रिम बौद्धिकता ( AI) र सामाजिक संजालहरुले पस्किने छ। अबका सबै तह र सबै प्रकारका चुनावमा ब्यक्तिले चुनाव प्रचारप्रसारमा घर घर दलौ दलौमा जानुपर्ने छैन ।  प्रविधीको ज्ञान र यसको प्रयोग गर्ने ब्यक्ति वा समुहहरुले चुनावी नारा एल्गोरिदम, एआई, सामाजिक संजाललेनै दिनेछ ।  २१ ओौ शताब्दीमा विश्व शक्तिहरुले Space war को डिजाइनमा प्रवेश गरे जस्तै कुनै पनि दल, कुनै पनि प्रतिस्पर्धिले म राष्ट्रवादी र राष्ट्रियता बोकेको  नेता हुं भनेर  नाक घोक्राउनु पर्नेछैन । यसको छिनोफानो डिजिटल प्रविधिका टुलहरुले गर्नेछ । यो प्रविधिमा एल्गोरिदम, एआई, सामाजिक संजाल ( Social Media)को मुख्य भुमिका हुनेछ । लोकतान्त्रको ब्याख्या ‘डिजिटल लोकतान्त्र’ले गर्ने समय आउदैछ ।
एल्गोरिदम, एआई र सामाजिक संजालले पुराना पार्टी  र यसका नेताहरूलाई सत्त‍ो सराप गरि नयाँ राष्ट्रवाद र राष्ट्रियता  लाई चम्क्यने प्रयास भएको हाम्रो सामुनै छ ।  अबको नयाँ रास्ट्रवाद ( New nationalism) को अवधारणा AI प्रतिपादन गरेको छ र गर्दै जानेछ । समउन्त राष्ट्रवादी शक्तिको उदय गर्ने गराउनेकाम आउदा दिनमा मुलुकको सिमा बाहिर डिजाइन हुनेछ र मुलुक भित्र प्रयोग गरिने वातावरण ब्याह्य शक्तिले गर्नेछ ।लेखक: राम कृष्ण पोखरेल, राजनितीक बिष्लेशक एवं महाधिवेशन प्रतिनिधि, सिरहा