२०८३ कार्तिक १८ , मंगलबार

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु’

Murarsa

सुनाखरी न्युज/ काठमाडौं ।
चक्रवात मुरासुको प्रभाव  भारतको आन्ध्र प्रदेशको तटमा सुरु भएको छ । सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

चक्रवात नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा प्रवेश गरेको हो । त्यस क्रममा आन्ध्र प्रदेशका तटीय क्षेत्रमा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलेको छ ।

चक्रवातको प्रभावका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलबाट हुने १९ उडान रद्द गरिएका छन् । त्यस्तै, चेन्नई विमानस्थलबाट पनि ११ उडान रद्द गरिएको छ ।

चक्रवातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ० का ३७ टोली परिचालन गरिएको छ । तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन् ।

यसैबीच, ओडिसा सरकारले गञ्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाका १ लाख ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

चक्रवातको प्रभाव मध्यप्रदेश, छत्तीसगढ, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रमा समेत पर्न सक्ने अनुमान गरिएको छ ।

बीबीसी