२०८३ कार्तिक १७ , सोमवार

हिमालयन लघुवित्तको लाभांश घोषणा

dividend

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/ ८३ का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार ३५ . ८४ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमा ४.७५ प्रतिशतले हुन आउने १ करोड ६२ लाख १ हजार ५८६. ७० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०. २५ प्रतिशतले हुन आउने ८ लाख ५२ हजार ७१५. ०९ रुपैयाँबराबरको नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।