
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने- सामने हुनेछन् ।
जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो ।
पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।