२०८३ कार्तिक १४ , शुक्रवार

नेप्से घट्यो , सामान्य बढ्यो कारोबार रकम

nepse-stock-share_

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से)  परिसूचक घटेको छ । आज नेप्से ५.४५ अंकले घटेर २,६९०।१५ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेकोे छ । यसदिन ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ । बिहीबार ८ अर्ब ५५ करोड रूपैयाँको कारोबार भएको थियो । यस्तै, आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै, शुक्रबार बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । एमेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक ४.०८ प्रतिशतले घटेको छ ।