२०८३ कार्तिक १२ , बुधवार

एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम खुल्यो

1793094919-Hv5CX_dO49EQRZmV_ryoaphh4k8opojqv3fctyuvn1cupqyy98dl9oepfaqkq2ffq0nm4fqczknqo_H3Xf1KfJ8O_soidh3jtqc0aznj5mwk51zp3u51vbmb5nhklxtolhronulgfnj8eosyvbp9l

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा  ( एसईई )  २०८४ का लागि परीक्षा आवेदन फारम भर्ने प्रक्रिया खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेसन फारम भर्ने तथा भराउनेसम्बन्धी सूचना पनि जारी गरेको छ ।

सूचनाअनुसार विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ । यसका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ । त्यसैगरी, २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फारम भर्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीले २०८३ कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेभित्र परीक्षा आवेदन फारम भर्न सक्नेछन् । आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । बोर्डले निर्धारित समयभित्र विद्यार्थीको रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भर्न र तोकिएको शुल्क बुझाउन सम्बन्धित विद्यालय तथा विद्यार्थीलाई आग्रह गरेको छ ।