
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७.९२ अमेरिकी डलर र चाँदी ५३.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।