
सुनाखरी न्युज/ काठमाडौं
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार, शेयर बजार तथा उद्योगबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च बढ्ने तथा कामहरू नहुने सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार, आफन्त र ईष्ट मित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवामूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस गाजर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् ।