२०८३ कार्तिक ९ , आइतवार

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

death

सुनाखरी न्युज / काठमाडौं ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा आइतबार  ( कात्तिक ८ )  बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । मिथिला  बिहारी–४, भरतपुर निवासी उमेश केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्र ससुराली पुगेका थिए ।

उनीहरूका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको डीएसपी खनालले बताए ।आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।