
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।
लामिछानेले तीनदिने भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आध्यात्मिक तथा पारिवारिक भ्रमण सकेर लामिछाने कात्तिक ९ गते स्वदेश फर्किनेछन्।
उनको भ्रमणलाई सचिवालयले निजी तीर्थाटनका रूपमा उल्लेख गरेको छ।