
सुनाखरी न्युज/ काठमाडौं ।
बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट बन्द भएका छन्।
पीएचपी प्रयोग गरिएका बैंक तथा वित्तीय संस्था र सरकारी निकायका वेबसाइट बन्द गरिएका हुन्। वेबसाइट बन्द गरिए पनि ग्राहकको सूचना वा आर्थिक कारोबारमा कुनै हानि–नोक्सानी नभएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन्।
वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।
साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासहित भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै सम्भावित साइबर आक्रमणबाट बच्न वेबसाइट अस्थायी रूपमा बन्द गर्न र सुरक्षा प्रणाली अद्यावधिक गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि पीएचपीमा समस्या देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट बन्द गरिएको बताए।
उनका अनुसार सुरक्षा अनुसन्धानकर्ताहरूले एआई मोडेलहरूको सहयोगमा पीएचपीको कोड परीक्षण तथा विश्लेषण गर्दा कमजोरी भेटिएको हो।
राष्ट्र बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आवश्यक सूचना लिन आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि सुरक्षा सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थालाई निर्देशन दिएको छ।
पीएचपीमा देखिएका कमजोरीका कारण प्रभावित सर्भरमा अनधिकृत पहुँचको जोखिम हुन्छ। अ