२०८३ कार्तिक ६ , बिहिवार

अमेरिकाको मध्यस्थतामा युक्रेनसँग शान्ति वार्ता पुनः सुरू गर्न रूसी राष्ट्रपति पुटिन  सहमत

Putin-and-Trump

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाको मध्यस्थतामा युक्रेनसँग अर्को महिनादेखि शान्ति वार्ता पुनः सुरू गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिन  सहमत भएका छन्।

बुधबार पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटपछि शान्ति वार्ता गर्न सहमत भएको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको रोयटर्सले जनाएको छ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत पुटिन र विटकफबीच रूसको सेन्ट पिटर्सबर्गस्थित एक दरबारमा वार्ता भएको थियो। पुटिन र विटकफबीच व्यक्तिगत रूपमा भएको यो नवौँ भेट हो।

वार्ताको सुरूवात सद्भावपूर्ण कदमबाट भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमा हिरासतमा रहेका अवकाशप्राप्त अमेरिकी शिक्षक स्टेफन हबर्डलाई रिहा गर्न पुटिनसँग आग्रह गरेका थिए। त्यसपछि रूसले उनलाई रिहा गरेको थियो।

यद्यपि, अमेरिकाले युक्रेनलाई दिँदै आएको समर्थन कमजोर पारिरहेको भन्दै किएभ र उसका सहयोगीहरूबीच चिन्ता बढिरहेका बेला यो वार्ता भएको हो। अमेरिकाले रूसी आक्रमणसम्बन्धी तत्काल उपलब्ध हुने गुप्तचर सूचना दिन कतिपय अवस्थामा रोक लगाएको र युक्रेनको सैन्य सञ्चार प्रणालीलाई प्रभावित पारेको आरोपसमेत लागेको थियो।

ट्रम्पले चुनावी अभियानका क्रममा युक्रेन युद्ध २४ घण्टाभित्र अन्त्य गर्ने वाचा गरेको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्ध जारी छ।

ीबहmष् दबलप
क्रेमलिनका अनुसार नयाँ त्रिपक्षीय शान्ति वार्ता प्राविधिक तहमा हुनेछ। वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुन सक्ने र युद्ध अन्त्य भएपछि रूस तथा युक्रेनको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ। वार्ता नोभेम्बर १० वा त्यसपछि सुरू हुन सक्ने क्रेमलिनले जनाएको छ।

अमेरिकाको मध्यस्थतामा यसअघि भएको पछिल्लो शान्ति वार्ता फेब्रूअरीमा भएको थियो। त्यसपछि अमेरिका र इजरायलले इरानविरूद्ध युद्ध सुरू गरेका थिए।