२०८३ कार्तिक १ , शनिवार

चिकित्सा शिक्षामा बढ्यो सिट, कुन संस्थालाई कति ?

mec-meeting-1024×497

सुनाखरी न्युज/ काठमाडौं ।

चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३र८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कूल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले बतायो ।

 

स्रोतका अनुसार, यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट थप गरिएको छ ।

यस वर्षको सिट निर्धारणमा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता आयोग स्रोतले बतायो ।

आयोगका अनुसार यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको थियो । अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ८४ वटा संस्थाको सिट निर्धारण गरिएको हो ।

शिक्षण संस्थाले सिट माग गर्दैमा स्वीकृति नदिइने र उपलब्ध भौतिक पूर्वाधार, शिक्षक तथा जनशक्तिको अवस्था र अन्य आवश्यक मापदण्डको अनुगमनपछि मात्रै सिट निर्धारण गरिने आयोग स्रोतको भनाइ छ ।