२०८३ आश्विन ३० , शुक्रवार

पर्वतका पहिरो पिडीतलाई बिश्वकर्मा समाजको सहयोग

WhatsApp Image 2026-10-16 at 1.38.41 PM

सुनाखरी न्युज/ कास्की, पोखरा ।
यही असोज दोश्रो हप्ता ५ दिनसम्म निरन्तर परेको वर्षाले पर्वत जिल्ला फलेवास नगर पालिका वडा नं ८ सलेनधारा ढापाकुना,ओख्रेनी र कालमुढामा पहिरो गएर गाउँ नै विस्थापित हुन पुगेका ३१ परिवारलाई बिश्वकर्मा समाज पर्वत स्याङ्जा कास्कीले राहत सामाग्री प्रदान गरेकोे छ।समाजका अध्यक्ष चन्द्र किशोर गौतमको अध्यक्षतामा तथा फलेवास नगर पालिका वडा नं ८ का अध्यक्ष मनबहादुर कुंवरको प्रमुख आतिथ्यता र यसै वडाका सामाजिक ब्यक्तित्व संगिता सुनारको सहजिकरणमा ओैपचारिक रुपमा बितरण गरिएको थियोे। आवत जावत नै बन्द हुनेगरी आएको पहिरो र जमिनमा हजारौं धांजा फाटेको हुदा गाउँमा बस्न नै नमिल्ने भएको हुंदा गाउँ बासी ठुलो चिन्तामा रहेको पिडित गांलउलेहरु बताउछन् ।

 

 

राहत बितरण कार्यक्रममा प्रमुख अतिथि वडा नं ८ का अध्यक्ष मनबहादुर कुंवरले दैवी बिपत्तिमा परेका गाउँ बासीहरुलाई हर तरहले सहयोग गरिरहेका छौँ ।भु(गर्भ विदहरुलाई बोलाएर अध्ययन निरिक्षण गराईएको छ। राम्रो उपयुक्त ठाउँमा ब्यवस्थापन गरिने छ ।यसका लागि सम्भाव्यता अध्ययन भईरहेको जानकारी दिदै पहिरो गएको दिनदेखि नै भेटघाट सहयोग गरिरहेको छु प्राप्त सहयोगलाई पारदर्शी र ब्यवस्थित रुपमा बितरण गरेका छौँ ।बिश्वकर्मा समाज पर्वत स्याङ्जा कास्कीले पहिरो पिडितलाई गर्नुभएको अनुकरणीय सहयोगको लागि यश वडाबासीको तर्फबाट धन्यवाद दिन चाहन्छु भन्नुभयो ।

 

 

समाजका अध्यक्ष एवम् सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्र किशोर गौतमले जहाँ समस्या हुन्छ त्यहाँ समाज उपस्थित हुनपुग्छ ।पहिरोले मर्माहत बनाएको तपाईंहरुको घाउमा मलमपट्टी मात्रै भए पनि गर्नभनि सानो सहयोग लिएर आएका छौँ ,यहाँ हरुलाई चाडवाडको बेला भएको बिपत्तिमा सहयोगि मनहरुले सहयोग गर्नुभएको छ यो सानो सहयोग प्रदान गर्न चाहन्छौं ।हामीले यसभन्दा अगाडि भोटेकोशीमा बाढीमा परि निधन भएका थुप्रै लासहरु पोखरा आएकोमा उक्त शव ब्यवस्थापन गर्न सरकारलाई गाह्रो भयो ,हामीले लास जलाउने दाउरा लगायत सामग्रीको लागि प्रति लास रु ६०००का दरले सहयोग गरेका थियौं ।यस्ता बिपत्तिमा हाम्रो सहयोग रहनेछ भन्नुभयो ।

सहजकर्ता संगिता सुनारले यश क्षेत्रमा अत्याधिक दलित उत्पिडीतहरुको वस्ती भएको र उनिहरु बसेको घर नै भत्किएका हुदा बास ब्यवस्थापन गर्न निकै गाह्रो भएको थियोे कतिको खाद्यान्न नै घर भत्केर पुरेको हुनाले संघ संस्था गुहार्न परेको हो सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो ।कार्यक्रम संचालन सचिव दिपेन्द्र कुमार सेन्चुरीले गर्नुभएको थियोे ।राहत ब्यवस्थापन संयोजक भिम रसाइली ,कृष्णमान रसाइली र धनबहादुर सुनार सुरेन्द्र पोखरेल लगायतले गर्नुभएको थियोे ।