
सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुन तोलामा दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ११५ रुपैयाँ बढेर चार हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।