२०८३ आश्विन ३० , शुक्रवार

बैंकको कर्जा प्रवाहमा बृद्धि

New Notee

सुनाखरी न्युज/ काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको छ ।  पछिल्ला महिनामा कर्जा मागमा सुधार देखिएको बैंक तथा वित्तीय संस्थाको कर्जा तथा सापटीको तथ्यांकले देखाएको छ ।

आर्थिक गतिविधि बिस्तारै चलायमान हुनु, अमेरिकी डलरको भाउ बढ्नु, स्वदेश तथा विदेशमा मूल्यवृद्धि दर बढ्नु, सेयर बजार, निर्माणसँगै केही क्षेत्रमा नीतिगत खुकुलोपन लगायतका कारण कर्जा प्रवाहमा सुधार देखिएको जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास (गत साउनदेखि २५ असोजसम्म) मा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका थिए ।

 

यो वर्ष साउनयता प्रवाह भएको कर्जा पछिल्ला पाँच वर्षयताकै त्यही अवधिमा प्रवाह भएको भन्दा बढी हो ।