२०८३ आश्विन २९ , बिहिवार

नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता

bepata 1

सुनाखरी न्युज/ काठमाडौं ।

नारायणी नदी किनारमा खुट्टा धुने क्रममा डुबेर आमा र छोरा बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका- १ स्थित पशुपति मन्दिर पछाडि नदी किनारमा खुट्टा धुन गएका खैरहनी नगरपालिका- १ घर भई हाल भरतपुर महानगरपालिका- १२ मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।

घटनामा परेकी उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी बालिकाको उद्धार गरेको हो ।