२०८३ आश्विन २९ , बिहिवार

घट्यो सुनचाँदीको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज  ( बिहीबार )  सुन र चाँदीको मूल्य घटेको छ ।

बुधबार प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार १०० रुपैयाँले घटेर दुई लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४७ हजार २५५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य तीन हजार ४५९ रुपैयाँ ५० पैसा तोकिएको छ ।