२०८३ आश्विन २८ , बुधवार

हवाई फायर गरी लागूऔषध कारोबारी पक्राउ

arrest-1743689149

सुनाखरी न्युज/ काठमाडौं ।

तार्केश्वर नगरपालिका–४ मा हवाई फायर गरेर पक्राउ गरेको व्यक्ति लागुऔषधको पटके कारोबारी भएको खुलेको छ । वीरगन्ज महानगरपालिका–३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो ।

उनले विगत ३ महिनादेखि भारतको रक्सौलबाट काठमाडौँमा पाँच–छ पटक खैरो हेरोइन ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले उनको साथबाट ३ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

उनीबिरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ ।