
सुनाखरी न्युज/ काठमाडौं ।
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको छ ।
यसपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।
मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।