२०८३ आश्विन २५ , आइतवार

काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा साटफेर

gas

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि असोज २५ गते  देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले ३१ असोज शनिबारसम्म लागु हुने गरी  उपत्यकाका विभिन्न ६ स्थानमा यस्तो व्यवस्था मिलाएको जानकारी दिएको छ ।

 

संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रहरूमा फरक(फरक ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, र बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।

यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उपभोक्ताले आफ्नो सहजताका लागि ती केन्द्रहरूमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन् ।

 

भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ ।