
सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा महानगरपालिका वडानंबर २८ कालिकामा स्कुलबस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । पोखरा- २८ को माझथानाबाट ट्युसन पढ्ने बिद्यार्थी बोकेर गुडिरहेको ग २ ख १४१७ नम्बरको बस स्कुलबस ओख्ले भीरमा दुर्घटना भएको हो।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। तीमध्ये पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।