
सुनाखरी न्युज/ घोराही, दाङ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज २४ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै साझा व्यावसायिक प्यानलले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ।
प्यानलका अध्यक्ष पदका उम्मेदवार ध्रुवकुमार गहतराजसहित उम्मेदवारहरू घोराहीका विभिन्न क्षेत्रमा पुगेर उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धताबारे जानकारी गराउँदै मत मागिरहेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले व्यवसायीका समस्या, चुनौती र आवश्यकताबारे छलफल गर्दै उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायीको हकहित संरक्षण र प्रभावकारी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा साझा व्यावसायिक प्यानलको प्रचारप्रसार तथा भेटघाट अभियान थप तीव्र बन्दै गएको छ। उम्मेदवारहरू व्यवसायीको घरदैलोमै पुगेर मत माग्न थालेपछि निर्वाचनको माहोलसमेत क्रमशः तातिँदै गएको देखिन्छ।