२०८३ आश्विन २२ , बिहिवार

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

mangalbarko-rashifal-1024×576-1

सुनाखरी न्युज/ काठमाडौं । 

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको ईमान्दारीताको कदर सबैले गर्नेछन् । चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामीप्य बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने ग्रहयोग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । चाडबाड लक्षित समान, होटल तथा रेष्टुरेन्ट र यात्रासँग सम्बन्धित व्यापारबाट लाभ लिन सकिनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कर्म प्राप्तको निमित्त लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । किनमेल, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ । अध्ययनमा विद्यार्थीहरुका लागि आजको समय शुभ रहेको छ । स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गर्नेहरूका लागी आजको दिन शुभ रहनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । खेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सेवा मूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग हुने भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार तथा शेयरबजारको लगानी फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ ।