२०८३ आश्विन २१ , बुधवार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Cholendra_Shamsher_Rana_-11635233383_ms94KL9gPl

सुनाखरी न्युज/ काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पनि छापा मारेको छ।

विभागको टोलीले बुधबार दिउँसो जबराका निकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका घरमा छापा मारेपछि जबराको घरमा समेत पुगेर आवश्यक प्रमाण तथा कागजात संकलन गरिरहेको बताइएको छ।

यसअघि सरकारले सुरक्षा खतरा रहेको भन्दै गत साता जबरालाई घरबाट नियन्त्रणमा लिएर प्रहरी हिरासतमा लगेको थियो।