२०८३ आश्विन २१ , बुधवार

सेयर बजारमा बढ्यो कारोबार

NEPSE-Building

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ ।

१३ कम्पनीको मूल्य स्थिर रह्यो । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ३९ हजार ४६६ पटकको कारोबारमा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

घलेम्दी हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इंगवा हाइड्रोपावरको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।