
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको घोषणा गर्नुभएको हो।
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए । राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।