
सुनाखरी न्युज/ काठमाडौं ।
प्रविधि कम्पनी योद्धाल्याबले ग्राहक व्यवस्थापन सफ्टवेयर ( सीआरएम ) ‘KudosCRM’ सार्वजनिक गरेको छ । साना तथा मझौला व्यवसायलाई लक्षित गरी नेपालमै विकास गरिएको यो सफ्टवेयरमार्फत ग्राहकले पहिलो पटक सोधपुछ गरेदेखि बिल भुक्तानी र पुनः खरिदसम्मको काम एउटै ठाउँबाट गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा धेरै व्यवसायले ग्राहकसम्बन्धी विवरण फोन, भाइबर र ह्वाट्सएपका म्यासेज, नोटबुक, एक्सेल सिट तथा कर्मचारीको सम्झनामा छरिएर राख्ने गरेका छन् । यसका कारण सोधपुछको समयमै जवाफ नजाने, कर्मचारी फेरिँदा ग्राहकको विवरण हराउने र बाँकी भुक्तानी पत्ता लगाउन कठिन हुने गरेको कम्पनीको भनाइ छ । यही समस्या समाधान गर्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको कम्पनीले उल्लेख गरेको छ ।
‘नेपालमा हरेक पसलसँग उधारोको खाता हुन्छ, तर कसले के सोध्यो, कसलाई जवाफ दिन बाँकी छ र कुन ग्राहक फर्किएन भन्ने खाता कसैसँग हुँदैन,’ कम्पनीका सह- संस्थापक राजेश रेग्मीले भनेका छन्, ‘ग्राहक गुमाउँदा सबैभन्दा बढी असर साना व्यवसायलाई नै पर्छ । हामीले उनीहरूका लागि त्यही खाता बनाएका छौं ।’ कम्पनीका अनुसार वेबसाइटको फारम, बुकिङ लिंक वा वेबसाइट च्याटमार्फत आएको सोधपुछ सफ्टवेयरमा स्वतः सम्भावित ग्राहक ( लिड ) का रूपमा दर्ता हुन्छ । ग्राहक कुन माध्यमबाट आए, जस्तै फेसबुक विज्ञापनबाट, भन्ने विवरण पनि स्वतः रेकर्ड हुने कम्पनीले जनाएको छ ।
ग्राहकको नाम, सम्पर्क, सोधिएका विषय, फोन, इमेल र भेटघाटको विवरण एउटै पृष्ठमा रहने भएकाले कर्मचारी फेरिए पनि विवरण नहराउने कम्पनीको दाबी छ । सफ्टवेयरमार्फत व्यवसायीले ग्राहकलाई कोटेसनको लिंक पठाउन र ग्राहकले मोबाइलमै हेरेर अनलाइन स्वीकृति दिन सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्वीकृत कोटेसनबाटै इनभ्वाइस तयार हुन्छ र कुन बिलको भुक्तानी भयो, कुन बाँकी छ तथा कुनको म्याद नाघ्यो भन्ने एउटै स्क्रिनमा हेर्न सकिन्छ ।
बिक्रीपछि आएका गुनासो सोही ग्राहकको पृष्ठमा टिकटका रूपमा दर्ता गर्न र तोकिएको समयमा फलोअपका लागि रिमाइन्डर राख्न सकिने कम्पनीले जनाएको छ । कति सोधपुछ आयो, कति बिक्रीमा परिणत भयो र कति किन गुम्यो भन्ने विवरण ड्यासबोर्डमा हेर्न सकिने कम्पनीको भनाइ छ । सफ्टवेयरको शुल्क खल्तीमार्फत नेपाली रुपैयाँमा तिर्न सकिने कम्पनीले जनाएको छ । यसले विदेशी सफ्टवेयर प्रयोग गर्दा डलर कार्ड चाहिने समस्या हटाउने कम्पनीको दाबी छ ।कम्पनीले भारतलगायत अन्य देशका व्यवसायलाई पनि सफ्टवेयर बिक्री सुरु गरिसकेको जनाएको छ । सफ्टवेयर kudoscrm.com मार्फत उपलब्ध छ ।
KudosCRM योद्धाल्याबद्वारा विकसित ग्राहक व्यवस्थापन सफ्टवेयर ( सीआरएम) हो ।
सम्पर्क : info@kudoscrm.com