२०८३ आश्विन १९ , सोमवार

नेप्से २० अंक घट्दा कारोबार ३ अर्बमा सीमित

nepse1678184880

 

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयरबजार परिसूचक  ( नेप्से )  मा दोहोरो अङ्कको गिरावट आएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २०. ४८ अङ्कले घटेर २५६६.७६ विन्दुमा सीमित हुन पुगेको छ । यस दिन ३५९ वटा कम्पनीका ९० लाख ३ हजार कित्ता सेयरहरू किनबेच हुँदा कुल ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार सञ्चालन भएको छ, जसअन्तर्गत दिनभरमा जम्मा ४४ हजार ७७७ वटा मात्रै कारोबार सम्पन्न भएका छन् ।

समग्र बजारमा आएको यो ओरालो यात्राले लगानीकर्ताहरूलाई थप सतर्क बनाइदिएको छ ।केही दिनअघि धितोपत्र बोर्डले अन्य क्षेत्रका कम्पनीका संस्थापकले लकइन अवधि सकिएपछि सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न पूर्वस्वीकृतिको व्यवस्था गर्‍यो । त्यसले सेयर लगानीकर्ताको मनोबल कमजोर बनाएको बजारका सरोकारवाला बताउँछन् ।

बोर्डको उक्त व्यवस्था उपर पुनर्विचार गर्न प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले पनि बोर्डलाई निर्देशन दिएको छ । तर, लगानीकर्ताको मनोबल फर्केको सोमबारको बजारले संकेत गर्दैन । साथै, लाभांशको सिजन भएकाले सेयर मूल्य समायोजनका कारण बजार सूचक नकारात्मक हुन योगदान गरेको छ । सोमबार नेप्सेमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय ४२ कम्पनीको सेयर मूल्य घटे पनि ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

साथै, सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् । सोमबार बैंकिङ १० .७३, विकास बैंक २९ .१६, वित्त २४ . ३६, होटल ७३. २८, जलविद्युत् ३६ .९५, लगानी १ .०१, जीवन बीमा ९३ .८१, उत्पादनमूलक १०४ .५१, लघुवित्त २७ .२४, निर्जीवन बीमा ६० .९९ र अन्य समूह १६ . ६७ अंक घटेका छन् । तर, सोमबार व्यापार समूह भने १०.७१ अंक बढेको छ । सोमबार नेप्सेमा ३ सय ५९ कम्पनीको ४४ हजार ७ सय ७७ करोबारबाट ३ अर्ब २७ करोड रुपैयाँ बराबर ९० लाख कित्ता सेयर खरिद बिक्री भएको छ ।