
सुनाखरी न्युज/ काठमाडौं।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज उद्घाटन भएको छ।
काठमाडौंको खुलामञ्चमा आइतबार महाधिवेशन उद्घाटन भएको हो।
उद्घाटन समारोहमा विभिन्न पार्टीका शिर्ष नेताहरु समेत सहभागि भएका छन्।
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।
