२०८३ आश्विन १६ , शुक्रवार

आजदेखि प्रदर्शनमा चलचित्र ‘चमेलीको पोइ’ र ‘चंगुल’

film_mNiCRpetSp

 

सुनाखरी न्युज/ काठमाडौं ।

आज (शुक्रबार)देखि एभरेष्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ र राम गौतम निर्देशित ‘चंगुल’ प्रदर्शनमा आएका हुन् ।‘चमेलीको पोइ’ले हास्यप्रधान शैलीमा प्रेम, दाम्पत्य सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई प्रस्तुत गरेको छ भने ‘चंगुल’ले सामाजिक परिवर्तन, निःस्वार्थ भाव र समसामयिक परिस्थितिलाई कथाको केन्द्रमा राखेको छ ।

निर्देशक एभरेष्ट सूर्य बोहराकै लेखनमा तयार भएको ‘चमेलीको पोइ’ले मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूसँगै चर्चित हास्य कलाकार नारायण त्रिपाठी, विल्सनविक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन (खबपु), अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम, प्रेमदेव गिरीलगायतका कलाकारको अभिनय छ ।

‘चमेलीको पोइ’ले हास्यप्रधान शैलीमा प्रेम, दाम्पत्य सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई प्रस्तुत गरेको छ भने ‘चंगुल’ले सामाजिक परिवर्तन, निःस्वार्थ भाव र समसामयिक परिस्थितिलाई कथाको केन्द्रमा राखेको छ । चलचित्रको अर्को आकर्षणका रूपमा हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमनलाई लिइएको छ । लामो समयपछि त्रिपाठी यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किनुभएको हो ।

जेनजी आन्दोलनको विषयवस्तुमा निर्माण भएको ‘चंगुल’ मालती कार्कीको निर्माणमा राम गौतमले निर्देशनमा तयार भएको हो । फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । फिल्ममा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ । फिल्ममा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ ।