२०८३ आश्विन १६ , शुक्रवार

च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एकजनाको मृत्यु

tiger_cqAp5mfdTc

सुनाखरी न्युज/ काठमाडौं ।

बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका- ६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनी सँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।