२०८३ आश्विन १५ , बिहिवार

सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब

NEPSE-Building

सुनाखरी न्युज/ काठमाडौं ।

 साताको अन्तिम वा कारोबार हुने दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।   आज नेप्से परिसूचक ०.२६ अङ्कले बढेर २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ। यो शून्य दशमलव शून्य १ प्रतिशतको सामान्य वृद्धि हो।

बुधबार नेप्से ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको थियो । बिहीबार विकास बैंक समूह १२.१९ अंकले बढेको बजारमा वाणिज्य बैंक समूह ५.९२ अंकले, वित्त समूह ४.२३ अंकले र जलविद्युत समूह १.३० अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

सिन्धु विकास बैंकको सेयर मूल्य १०.११ प्रतिशतले बढेको बजारमा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.३५ प्रतिशतले, इमर्जिङ नेपालको सेयर मूल्य ७.७१ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ७.५८ प्रतिशतले र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ६.०६ प्रतिशतले बढेको छ ।

यता, सयपत्री हाइड्रपावरको सेयर मूल्य सबैभन्दा बढी ९.६६ प्रतिशतले घट्दा स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.३३ प्रतिशत, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ४.०४ प्रतिशत र स्नो रिभर्सको सेयर मूल्य ३.९९ प्रतिशतले घटेको छ ।