२०८३ आश्विन १५ , बिहिवार

फ्लाई दुबई विमान प्रकरणमा अन्तर्राष्ट्रिय चर्चा पाइरहेका क्याप्टेन स्मित को हुन् ?

Smit-Machhar-1-1024×537

सुनाखरी न्युज/ काठमाडौं ।

फ्लाई दुबईको दुबई–तेल अभिव उडान नम्बर एफजेड–१०७३ मा बुधबार भएको असाधारण घटनापछि भारतीय पाइलट क्याप्टेन स्मित मच्छार अन्तर्राष्ट्रिय चर्चामा छन् ।बोइङ ७३७ म्याक्स ८ विमानमा १७४ जना सवार थिए । उडानका क्रममा ककपिटमा दुई पाइलटबीच भएको गम्भीर झडपपछि विमान केही समयमै करिब १४ हजार फिट तल झरेको थियो ।

त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो । विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ । उनी भारतका एक अनुभवी व्यावसायिक पाइलट हुन् । मच्छारले आफ्नो व्यावसायिक उडान करिअर स्पाइसजेटबाट सुरु गरेका थिए । उनी सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका थिए र करिब ११ वर्ष त्यहाँ काम गरेका थिए । त्यस अवधिमा उनी सिनियर क्याप्टेनको पदसम्म पुगेका थिए ।

सन् २०२० नोभेम्बरदेखि उनी लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत थिए । सन् २०२२ जुनमा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा जोडिएका थिए । यसको अर्थ उनले नयाँ पाइलटका रूपमा नभई यसअघि नै हासिल गरेको कमान्ड अनुभवका आधारमा क्याप्टेनको जिम्मेवारीमा प्रवेश गरेका थिए ।