
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ ।
मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ७९४ रुपैयाँ निर्धारण गरिएको छ ।