२०८३ आश्विन १३ , मंगलबार

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ थियो ।

यता चाँदी पनि ११५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो ।