२०८३ आश्विन १२ , सोमवार

दुर्गा प्रसाईं फेरि पक्राउ

Durga

सुनाखरी न्युज/ काठमाडौं ।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन । साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार केहीबेरअघि पक्राउ गरेको जनाइएको छ ।

यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।