२०८३ आश्विन १२ , सोमवार

हिमपहिरोमा सम्पर्कविहीनको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइयो

manang-avalanche—1029_dRzxut8jhh

सुनाखरी न्युज/ काठमाडौं ।

मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। हेलिकप्टरबाट सम्भावित क्षेत्रमा खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धारमा जुटिरहेको छ ।

हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि यकिन संख्या अझै पुष्टि हुन सकेको छैन । मनाङ प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने काम भइरहेको जनाएको छ ।

आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुवै शव काठमाडौं ल्याइएको छ। शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।