
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक ३.१९ अंकले बढेर २६३३.०० विन्दुमा अडिएको छ। प्री ओपन सेसनमा ७२ वटा स्क्रिप्सको २२ हजार ७७१ कित्ता सेयर ५३ लाख १९ हजार ६३१ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३५ वटाको घट्यो।