२०८३ आश्विन १२ , सोमवार

घट्यो सुनको मूल्य, तोलाको कति ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको मूल्य आज तोलामा ५ हजार रुपैयाँ घटेर २ लाख ९४ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि २ दिनमा ३ हजार ७ सय घटेको सुनको भाउ हिजो तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ९९ हजार ३ सय पुगेको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँ घटेको छ।

हिजो ३५ रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ५५ पुगेको थियो।