
सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले बहराइनको नेतृत्वमा रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्दै जहाजको सुरक्षित तथा निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन्।
संयुक्त वक्तव्यमा जलमार्गको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा पार्न सक्ने गम्भीर असरप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा परिषद् प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरिएको छ।
वक्तव्यले इरानसँग जोडिएका भनिएका आक्रमण, हुथी समूहका गतिविधि तथा लाल सागर र बाब अल–मन्दब क्षेत्रमा बढ्दो जोखिमले विश्वव्यापी समुद्री व्यापारमा थप चुनौती निम्त्याउन सक्ने चेतावनी दिएको छ।