२०८३ आश्विन ८ , बिहिवार

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

Nepali-congress-logo-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । फेसबुकमार्फत  कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो ।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ ।

महाधिवेशनअन्तर्गत १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।