२०८३ आश्विन ८ , बिहिवार

सीता एयरको जहाज दुर्घटना

sita-air-1790220401-768×401-1

सुनाखरी न्युज/ काठमाडौं ।

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ । नेपालगंजबाट उडेको जहाज विहान ८ : २५ मा ल्याण्ड हुने क्रममा धावनमार्ग  ( रनवे )  मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रवक्ता प्रहरी निरीक्षक पदम रावलकाअनुसार सीता एयरको ९एन- एजे जहाज अवतरणका क्रममा रनवेमा पछाडि दाहिने पट्टीफो चक्का बाहिर निस्केको थियो । ‘अहिले जहाज रनवेमै छ । मानवीय र अन्य क्षति भएको छैन,’ उनले भने ।

प्रहरीकाअनुसार चक्का खुस्किएर जहाज केही पर उछिट्टिएको थियो । पाइलटले तत्कालै इन्जिन बन्द गरेका कारण आगलागी हुनबाट जोगिएको छ । दुर्घटनाका कारण जहाज अहिले पनि रनवेमै रोकिएको छ।