
सुनाखरी न्युज/ काठमाडौं ।
छातीमा समस्या देखिएपछि गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् ।सेन्टरमा पुगेर उनले चिकित्सकहरूको टोलीमार्फत छातीको आवश्यक परीक्षण गराएका छन्।
अस्पताल पुगेका गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले परीक्षणपछि आवश्यक परामर्श दिएको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गृह मन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा- १ बाट निर्वाचित सांसद हुन्।
उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक भइसकेको छैन । चिकित्सकको परीक्षणपछि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउने बताइएको छ ।