२०८३ आश्विन ६ , मंगलबार

सुनचाँदीको मूल्य घट्यो

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

 

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।