
सुनाखरी न्युज/ काठमाडौं ।
४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस ( २१ सेप्टेम्बर ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भावः जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित विभिन्न जिल्लामा प्रदर्शन तथा नागरिक संवाद कार्यक्रम गरेको छ । यस क्रममा २०८३ असोज ५ गते काठमाण्डौँको माइतीघरमा दिउँसो आधा घण्टा भएको कार्यक्रममा हिमालयको काखमा सुन्दर नेपालः छिमेकीहरूबाट खप्दै छ दोहोरो मार, रसुवा त्रासदीबाट सिक्नु पर्ने पाठः नदी किनाराका बस्तीहरूको वर्गीकरण र सुरक्षित पुर्नवास, सीमा पार हुने जलवायु तथा नदीजन्य जोखिम न्यूनीकरणका लागि नेपाल–चीन र भारतबीच सहकार्य एवम् वैज्ञानिक सूचना साझेदारी आवश्यक, जलवायु न्यायको आवाज–केन्द्रबिन्दुमा समता र मानव अधिकार, प्रकृतिको स्वभाव अनुरूप सभ्यतालाई परिमार्जन गरौँ, उद्धार राहत र पुनर्वासका लागि शीघ्र स्थायी संयन्त्र गठन गरौँ, हिमालयरनदीनाला मैत्री नीति अवलम्बन गरौँ, विकास निर्माणको परम्परागत शैली पुनरावलोकन गरौँ, विनाशमुखी होइन संरक्षणमुखी विकासको मार्ग रोजौँ, विनाशबाट बच्ने संयन्त्र निर्माणमा विलम्ब नगरौँ, जलवायु शिक्षा पाठ्यक्रममा समावेश गरौँः जलवायु संस्कृति प्रवद्र्धन गरौँ ।
चुरे संरक्षण गरौँः मधेश मरुभूमिकरण हुनबाट रोकौँ, भावी पुस्तालाई सुरक्षित प्रकृति हस्तान्तरण गर्ने दायित्व निर्वाह गरौँ, प्रकृतिमैत्री जीवन धारा अवलम्बन गरी अन्तरपुस्ता न्यायलाई सुनिश्चित गरौँ, संवेदनशील हिमालय क्षेत्रलाई अशान्त एवम् थप अस्थिर नबनाऔँ, पारिस्थितिक सन्तुलन कायम गरौँ,जलवायु न्याय सुनिश्चित गरौँ, सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुनै जलवायु परिवर्तनका कारण हुने दुर्घटना र क्षतिका मूल जिम्मेवार भएकोले सोको क्षतिपूर्ति पनि तिनै राष्ट्रहरूले बहन गर्नु पर्छ, हिमालयमा कुनै पनि प्रकोप हुनु भनेको हिमाद्रि, महाभारत, चुरेदेखि नेपालको समस्त तराई मधेशमा सङ्कट गहिरिनु हो, जलवायु परिवर्तनका कारण हुने आन्तरिक विस्थापन र जलवायु आप्रवासन लगायतका विषयमा राष्ट्रिय नीति तथा कानुन आवश्यक, सङ्घ,प्रदेश र स्थानीय तहमा जलवायु बजेटको प्रभावकारिता सहित समन्वय आवश्यक, चाल्नी जस्तो चुरेको संरक्षण गरौँः तराई मधेशलाई बाढी र डुबानबाट बचाउ, जलवायु परिवर्तनका कारण सबैभन्दा मारमा परेका विपन्न, वञ्चित समुदाय तथा राष्ट्रलाई न्याय एवं संरक्षण गर, प्रकृति माथि न्याय गरः नेट जिरो लक्ष्य कायम गर, जलवायु क्षतिपूर्ति सुनिश्चित गर, जलवायु न्याय सुनिश्चित गरः प्रकृति र भावी पुस्ताको भविष्य माथि खेलबाड बन्द गर, जगत्मुखी, जीवनमुखी, सेवामुखी अभियान जलवायु न्यायका लागि शान्ति समाजको आह्वान, सद्भाव प्रवद्र्धनका लागि सहकार्यः सद्भाव बिथोल्नेहरूलाई दण्डित गर लेखिएको प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।
यसै क्रममा शान्ति समाजको पाल्पा शाखाले असोज ४ गते र सुनसरी शाखाले असोज ५ गते नागरिक संवाद र सुर्खेत, चितवनसहित आधा दर्जन शाखाले प्रदर्शन गरेका छन् ।