
सुनाखरी न्युज/ काठमाडौं ।
उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् । जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उहाँले सो उपाधि हासिल गरेकी हुन् ।
सुस्मिताले ९ . ५८० अङ्क प्राप्त गर्दै तेह्रौँ स्थानमा उपाधि हासिल गरेको नेपाल उसु महासङ्घले जनाएको छ । यस विधामा हङकङकी लिडिया हुई यु शामले ९ .७१३ अङ्कसहित स्वर्ण जितेकी छन् ।
त्यसैगरी मकाउकी, चो मानले ९.७१० अङ्क प्राप्त गर्दै रजत पदक हात पारिन भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९ . ७०६ अङ्कसहित कास्य पदक जितिन ।