२०८३ आश्विन १ , बिहिवार

सुनको मूल्य २३ सयले घट्यो, प्रतितोला कति ?

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४६२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।